आर्थिक प्रशासन शाखा

यस शाखाले गर्ने कामको प्रकार तपसिल बमोजिम रहेका छन् : 

तपसिल :

  • विभागको आर्थिक प्रशासन सम्बन्धी दैनिक कार्यहरू गर्ने ।
  • विभागका महाशाखा तथा शाखाहरूलाई आवश्यकता अनुसार आर्थिक राय, सल्लाह उपलब्ध गराउने ।
  • विभिन्न प्रयोजनको लागि गठित समितिको सदस्य भइ कार्य गर्ने ।
  • प्रशासन शाखा संग समन्वय गरी कर्मचारीहरूको औषधी उपचारको रकमको व्यवस्था गर्ने र निवृत्तिभरण तथा उपदान सम्बन्धी काम गर्ने ।
  • विकास बजेटको तर्जुमा गर्न सहयोग पुर्‍याउने तथा रकमान्तरको व्यवस्था गर्ने ।
  • विभागको साधारण बजेट तर्जुमा गर्ने अर्थमन्त्रालयबाट स्वीकृत ढाँचा बमोजिमको विवरण तयार गर्ने गराउने ।
  • विभाग तथा अन्य निकायमा पठाउनु पर्ने लेखा सम्बन्धी सबै किसिमका मासिक, पाक्षिक आदि प्रतिवेदनहरू तयार गरी पठाउने र अन्तर्गत निकायहरूको समेत सोही अनुसार पठाउन लगाउने ।
  • आन्तरिक लेखा परीक्षक वा अन्तिम लेखा चेक जाँचबाट उठेका बेरुजु फछ्र्यौट गर्ने÷गराउने ।
  • वैदेशिक ऋणबाट सञ्चालित आयोजनाहरूले दातृसंस्थालाई पेश गर्नु पर्ने विवरणहरू तथा लेखा चेक जाँचको प्रमाणपत्रहरू समयमै तयार गर्न लगाई पेश गर्न लगाउने र शोधभर्ना सम्बन्धी हिसाब मिलान भए नभएको रेखदेख गर्ने ।
  • विभागको साधारण बजेट खाता एंव धरौटी खाता प्रमुख लेखा नियन्त्रक÷लेखा अधिकृत वा लेखापाल मध्ये एक र महानिर्देशक वा निजले तोकेको अधिकृतको संयुक्त दस्तखतबाट संचालन गरी विभागका कर्मचारीहरुलाई तलब, भत्ता वितरण गर्ने, मसलन्द इन्धन लगायतका प्राप्त बिलहरु भुक्तानी गर्ने, लेखा राख्ने, आ.ले.प, म.ले.प गराउने, समसामयिक प्रतिबेदन गर्ने ।
  • प्रत्येक आ.व.को अन्त्यसम्मको आर्थिक विवरण आगामी आ.व.को पहिलो चौमासिक भित्र तयार गरी महानिर्देशक समक्ष पेश गर्ने ।
  • वैदेशिक अनुदान तथा ऋणको निकासा फुकुवाको कारवाही अर्थ मंत्रालय र म.ले.नि.का वाट गर्ने गराउने ।
  • विभाग अन्तर्गतका आयोजना/कार्यालयहरुको अस्थाइ दरवन्दि व्यवस्थापनमा राय परामर्श दिने ।
  • विभाग र अन्तर्गतका लेखा सम्बन्धी अन्य सम्पूर्ण कार्यहरू गर्ने ।
  • आवश्यकता अनुसार अन्य तोकिएका कार्यहरू गर्ने ।
सुष्मा गौतम

सुष्मा गौतम

लेखा अधिकृत आर्थिक प्रशासन शाखा