यस महाशाखा अन्तर्गत चारवटा शाखाहरू रहेका छन् :

महाशाखा प्रमुख

बासुदेव तिमिल्सिना

उप महानिर्देशक

  • प्रणाली व्यवस्थापन तथा मर्मत सम्भार शाखा;
  • स्मार्ट सिँचाइ जल उपयोग दक्षता शाखा;
  • सामाजिक विकास, संस्थागत विकास तथा लैङ्गिक शाखा;
  • सूचना प्रणाली व्यवस्थापन शाखा।

#

यस महाशाखाले सम्पन्न गर्ने कामको प्रकार :

  • निर्माण सम्पन्न भै व्यवस्थापनमा रहेका सिँचाइ प्रणालीहरूको व्यवस्थापन तथा सुदृढीकरण कार्यका लागि जनशक्ति, बजेट आदिको व्यवस्था मिलाउने र खेत स्तरसम्म सिँचाइ व्यवस्थापन कार्यको अनुगमन, मूल्याङ्कन गर्ने / गराउने।
  • खेत स्तरसम्म सिँचाइ व्यवस्थापनको लागि आवश्यक नीति, निर्देशिका, कानून, नियमावली तथा कार्यविधि तयार गरी महानिर्देशक समक्ष पेश गर्ने।
  • सिँचाइको दिगो विकासका लागि निर्माण सम्पन्नभै व्यवस्थापनमा रहेका ठूला सिँचाइ प्रणालीहरूका जल उपभोक्ताहरूको क्षमता अभिवृद्धि (संस्थागत विकास) का लागि आवश्यक तालिमको पहिचान, तालिम सामाग्रीहरूको विकास तथा तालिम सञ्चालन गर्ने / गराउने।
  • निर्माण सम्पन्न भई व्यवस्थापनमा रहेका सिँचाइ प्रणालीहरू पूर्णरूपमा अथवा आंशिक रूपमा उपर्युक्त विधि अपनाई सम्बन्धित उपभोक्ता संस्थाहरूलाई व्यवस्थापन हस्तान्तरण सम्बन्धी कार्य गर्ने/गराउने।
  • राष्ट्रिय तथा अन्तरराष्ट्रिय पानी व्यवस्थापनसँग सम्बन्धित सङ्घ संस्थाहरूसँग समन्वय गरी कार्य गर्ने / गराउने।
  • विभाग अन्तर्गतका आयोजना तथा कार्यक्रमहरू सम्बन्धित अभिलेख तथा सम्पत्ति व्यवस्थापन गर्ने / गराउने।
  • महाशाखा अन्तर्गतका शाखाहरू बीच समन्वय गर्ने / गराउने।