यस शाखाले गर्ने कामको प्रकार तपसिल बमोजिम रहेका छन् :
|
पुरुषोत्तम खतिवडा उपसचिव (कानून) |
#
-
- जलस्रोत सम्बन्धित आवश्यक नीति, ऐन, नियमावली, निर्देशिका तर्जुमा गर्दा आवश्यक राय सुझाव दिने।
- विभाग अन्तर्गत सञ्चालित आयोजना / कार्यालयहरूलाई खरिद सम्बन्धमा आवश्यक कानुनी राय सुझाव र सल्लाह दिने।
- विभाग अन्तर्गत सञ्चालित आयोजना/कार्यालयहरू बाट हुने ठेक्कामा आउने विवाद, दाबी, मध्यस्थता आदी कार्यहरूमा आवश्यक कानुनी राय, सुझाव र सल्लाह दिने तथा काम कारवाही गर्ने।
- विभिन्न प्रयोजनको लागि गठित समितिहरूको सदस्य भई आवश्यक कार्य गर्ने।
- विभाग र अन्तर्गतका कार्यालयहरूबाट गरिने अन्तराष्ट्रिय सम्झौता, करार वा अन्य कागजातहरूको मस्यौदा तयार गर्न सम्बन्धित महाशाखासँग समन्वय राखी मद्दत गर्ने।
- जलस्रोत तथा सिँचाइसँग सम्बन्धित विभिन्न ऐन नियमहरू लगायत अन्य डकुमेण्टहरूको अनुवाद गर्ने व्यवस्था मिलाउने।
- आवश्यकता अनुसार अन्य तोकिएका कार्यहरू गर्ने।
