यस शाखाले गर्ने कामको प्रकार तपसिल बमोजिम रहेका छन् :

राम प्रसाद पौडेल

उप सचिव

#

  • कर्मचारीहरूको आवश्यक पर्ने सङ्ख्या एकिन गरी दरबन्दी सिर्जना गर्ने कटौती गर्ने र सालवसाली अभिलेख तयार गर्ने।
  • कर्मचारीहरूको सरुवा, बढुवा, नियुक्ति, काज, सजाय, प्रोत्साहन पुरस्कार, तक्मा, अवकाश तथा हाजिरी, विदा र पदस्थापन आदि सम्बन्धमा आवश्यक व्यवस्था गर्ने।
  • अधिकृत कर्मचारी र अन्य कर्मचारीहरू बीच समन्वय ल्याई नियन्त्रण र मूल्याङ्कनमा नीतिगत निर्णय लिई विकास निर्माणको काममा प्रगति गराउन समन्वय गर्ने।
  • पुस्तकालयको रेखदेख, नियन्त्रण तथा व्यवस्थापनको व्यवस्था मिलाउने। पुस्तकालय व्यवस्थापन प्रणाली (Library Management System) को माध्यमद्वारा पुस्तकालयको सञ्चालन गर्ने।
  • कर्मचारीहरूका कार्यसम्पादन मूल्याङ्कन फारम निर्दिष्ट ढाँचामा समय भित्र सङ्कलन तथा सम्बन्धित महाशाखा/शाखामा पेश गर्ने तथा यसको गोप्यता कायम गर्न आवश्यक पहल गर्ने।
  • कार्यालयको प्रशासनिक कामको दैनिक विवरण तयार पारी निरीक्षणको आधारमा अधिकार पालन गर्ने, गराउने तथा महत्वपूर्ण कागजातहरू सुरक्षित राख्ने व्यवस्था गर्ने।
  • कर्मचारीहरूको अध्ययन, तालिम, वैदेशिक भ्रमण / अवलोकन आदिको अभिलेख अध्यावधिक राखे।
  • विभागमा परेका उजुरी सम्बन्धमा तथा सरोकारवाला निकायहरूबाट छानबिनको लागि अनुरोध भई आएका उजुरीहरूको सम्बन्धमा प्रारम्भिक कार्वाही चलाउने।
  • आयोजना कार्यान्वयन समूहमा पदाधिकार रहने कर्मचारीहरूको व्यवस्थापन गर्ने।
  • विभाग र अन्तर्गत आयोजनामा कार्य गर्ने विदेशी कामदारहरूको लागि कार्य सहमति श्रम इजाजत तथा गैरपर्यटकीय भिषाका लागि मन्त्रालयमा सिफारिस पठाउने।
  • विभाग र अन्तर्गत निकायहरूको सङ्गठन संरचना र दरबन्दी पुनरावलोकन गर्नु पर्ने भएमा मस्यौदा तयार गरी महानिर्देशक समक्ष पेश गर्ने।
  • अन्य निकायहरूबाट माग भएको विवरणहरू मन्त्रालय मार्फत पठाउने व्यवस्था मिलाउने।
  • आवश्यकता अनुसार अन्य तोकिएका कार्यहरू गर्ने।