यस महाशाखा अन्तर्गत चारवटा शाखाहरू रहेका छन् :

महाशाखा प्रमुखदिनेश रजौरिया

उप महानिर्देशक

  • नदी व्यवस्थापन शाखा
  • जलाधार तथा जैविक इन्जिनियरिङ शाखा
  • वातावरण तथा विपद् व्यवस्थापन शाखा
  • यान्त्रिक व्यवस्थापन शाखा

#

यस महाशाखाले सम्पन्न गर्ने कामको प्रकार :

  • जल उत्पन्न विपद व्यवस्थापन, जलाधार व्यस्थापन तथा आपतकालिन। व्यस्थापन सम्बन्धित नीति निर्माण, निर्देशिका, कानून, नियमावली तर्जुमा गरी महानिर्देशक समक्ष पेश गर्ने।
  • अध्ययनको क्रममा रहेका विभाग अन्तर्गत सञ्चालन हुने जल उत्पन्न विपद व्यवस्थापन तथा जलाधार व्यवस्थापन आयोजनाहरूको पहिचान गर्ने तथा थप अध्ययनको लागि आवश्यक राय सुझाव दिने।
  • विभाग अन्तर्गत सञ्चालित जल उत्पन्न विपद व्यवस्थापन तथा जलाधार व्यवस्थापन आयोजनाहरूको कार्य सम्पादन व्यवस्थापन सम्बन्धित कार्यहरू गर्ने आयोजनाहरूको अनुगमन तथा सुपरिवेक्षण, रेखदेख गर्ने आवश्यक निर्देशन दिने गुणस्तर नियन्त्रण गर्ने गराउने तथा अनुगमन प्रतिवेदन तयार गर्ने।
  • जल उत्पन्न विपद व्यवस्थापन तथा जलाधार व्यवस्थापन कार्यहरूका लागि सस्तो एवं उपयुक्त प्रविधिहरूको विकास गर्ने, सोको प्रचारप्रसार गर्ने तथा मातहतका आयोजनाहरूमा उक्त प्रविधिहरूको कार्यान्वयन गर्न लगाउने।
  • जल उत्पन्न विपद सम्बन्धित सूचना सङ्कलन तथा भण्डारणसहित जन समुदायलाई सूचित गर्ने जन चेतना अभिवृद्धिका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तथा आपतकालीन व्यवस्थापनका लागि कार्यक्रमहरू संञ्चालन गर्ने।
  • यस महाशाखा अन्तर्गतको सूचना तथा प्रगति विवरण समयमै योजना तथा समन्वय महाशाखालाई उपलब्ध गराउने।
  • विपद व्यवस्थापनमा वैदेशिक सहयोगको लागि प्रादेशिक तथा वैदेशिक समन्वयका लागि योजना तथा समन्वय महाशाखा सित समन्वय गर्ने।
  • आपतकालिन व्यवस्थापनको लागि कार्यान्वयन कार्यविधि तयार गर्ने, आवश्यक पूर्व तयारी गर्ने तथा यससँग सम्बन्धित अन्य निकायहरूसँग समन्वय गर्ने।
  • जल तथा मौसम विज्ञान विभागसँग आवश्यक समन्वय गरी विपद व्यवस्थापनसँग सम्बन्धित पूर्व तयारी र सूचना व्यवस्थापन एवं सम्प्रेषणको व्यवस्था मिलाउने।
  • नेपाल भरत सिमामा हुने डुबान सम्बन्धित समस्याहरूको अध्ययन तथा समाधानको लागि कार्यहरू गर्ने साथै यस सम्बन्धी दुई देशीय समितिहरूमा समन्वय गरी कार्य गर्ने।
  • नेपालका नदीहरूको संरक्षण, सम्बर्धन, बहावक्षेत्र व्यवस्थापन, राइट अफ वे व्यवस्थापन नदी जोखिम नक्सांकन, गेग्रान व्यवस्थापन योजना जस्ता कार्यहरूको साथै नियमन सम्बन्धित कार्यहरू गर्ने।
  • विभाग अन्तर्गत सञ्चालित आयोजना तथा कार्यक्रमहरूको सञ्चालनबाट वातावरणमा पर्न सक्ने प्रभावहरूको अध्ययन मूल्याङ्कन गर्न चाहिने आधारहरू एवं म्यानुयल तयार गर्ने तथा आयोजनाबाट पेश हुन आएका प्रारम्भिक वातावरण परीक्षण तथा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनहरूको चेक जाँच गर्ने र स्वीकृतिको लागि सिफारिस साथ पेश गर्ने।
  • जलवायु परिवर्तनबाट जलस्रोतमा पर्नसक्ने नकारात्मक प्रभावहरूको न्यूनीकरणका लागि र सकारात्मक प्रभावको उपयोगका लागि प्रभावकारी उपायहरू अध्ययन पहिचान गरी कार्यान्वयनमा ल्याउन तर्फ पहल गर्ने।
  • विभाग अन्तर्गतको सम्पूर्ण मेशिनरी सवारी साधनहरूको व्यवस्थापन गर्ने।
  • महाशाखा अन्तर्गतका शाखाहरू बीच समन्वय गर्ने / गराउने।