यस शाखाले गर्ने कामको प्रकार तपसिल बमोजिम रहेका छन् :
#
|
उपसचिव (लेखा) |
-
- विभागको आर्थिक प्रशासन सम्बन्धित दैनिक कार्यहरू गर्ने।
- विभागका महाशाखा तथा शाखाहरूलाई आवश्यकता अनुसार आर्थिक प्रशासन सम्बन्धित राय, सल्लाह उपलब्ध गराउने।
- सार्वजनिक खरिद लगायत विभिन्न प्रयोजनको लागि गठित समितिको सदस्य भई कार्य गर्ने।
- प्रशासन शाखासँग समन्वय गरी कर्मचारीहरूको औषधी उपचारको रकमको व्यवस्था गर्ने र निवृत्तिभरण तथा उपदान सम्बन्धित काम गर्ने।
- विकास बजेटको तर्जुमा गर्न सहयोग पुर्याउने तथा रकमान्तरको व्यवस्था गर्ने।
- विभागको साधारण बजेट तर्जुमा गर्ने अर्थ मन्त्रालयबाट स्वीकृत ढाँचा बमोजिमको विवरण तयार गर्ने गराउने।
- विभाग तथा अन्य निकायमा पठाउनुपर्ने लेखा सम्बन्धित सबै किसिमका मासिक, पाक्षिक आदि प्रतिवेदनहरू तयार गरी पठाउने रअन्तर्गत निकायहरूको समेत सोही अनुसार पठाउन लगाउने।
- आन्तरिक लेखा परीक्षक वा अन्तिम लेखा चेक जाँचबाट उठेका बेरुजु फछ्यौट गर्ने/गराउने।
- वैदेशिक ऋणबाट सञ्चालित आयोजनाहरूले दातृसंस्थालाई पेश गर्नु पर्ने विवरणहरू तथा लेखा चेकजाँचको प्रमाणपत्रहरू समयमै तयार गर्न लगाई पेश गर्न लगाउने र शोधभर्ना सम्बन्धित हिसाब मिलान भए नभएको रेखदेख गर्ने।
- विभागको साधारण बजेट खाता एंव धरौटी खाता प्रमुख लेखा नियन्त्रक / लेखा अधिकृत वा लेखापाल मध्ये एक र महानिर्देशक वा निजले तोकेको अधिकृतको संयुक्त दस्तखतबाट सञ्चालन गरी विभागका कर्मचारीहरूलाई तलब, भत्ता वितरण गर्ने, मसलन्द इन्धन लगायतका प्राप्त बिलहरू भुक्तानी गर्ने, लेखा राख्ने, आ.ले.प. म.ले.प. गराउने, समसामयिक प्रतिवेदन गर्ने।
- प्रत्येक आ.ब.को अन्त्यसम्मको आर्थिक विवरण आगामी आ.व.को पहिलो चौमासिक भित्र तयार गरी महानिर्देशक समक्ष पेश गर्ने।
- वैदेशिक अनुदान तथा ऋणको निकासा फुकुवाको कारवाहीं अर्थ मंत्रालय र म.ले.नि.का बाट गर्ने गराउने।
- विभाग अन्तर्गतका आयोजना/कार्यालयहरूको अस्थाइ दरवन्दि . व्यवस्थापनमा राय परामर्श दिने।
- विभाग र अन्तर्गतका लेखा सम्बन्धित अन्य सम्पूर्ण कार्यहरू गर्ने।
- आवश्यकता अनुसार अन्य तोकिएका कार्यहरू गर्ने।
