बहुउद्देश्यीय तथा सिंचाइ महाशाखा

यस महाशाखा अन्तर्गत चार शाखाहरु रहेका छन् :

  • अन्तर जलाधार तथा बहुउद्देश्यीय शाखा
  • सिंचाइ शाखा
  • खरिद तथा समझौता व्यवस्थापन शाखा
  • यान्त्रिक व्यवस्थापन शाखा

यस महाशाखाले  सम्पन्‍न गर्ने कामको प्रकार : 

  • अन्तर जलाधार जल स्थान्तरण, वहुउद्देश्यीय एवं ठूला सिंचाइ (लिफ्ट सिंचाइ समेत) आयोजनाहरुको विकासको निमित्त आवश्यक नीति नियमको मस्यौदा तर्जुमा गरी महानिर्देशक समक्ष पेश गर्नेे ।
  • अध्ययनको क्रममा रहेका अन्तर जलाधार जल स्थान्तरण, वहुउद्देश्यीय एवं ठूला सिंचाइ (लिफ्ट सिंचाइ समेत) आयोजनाहरुको लागि आवश्यक राय सुझाव दिने ।
  • अन्तरजलाधार जल स्थानान्तरण, बहुउद्देश्यीय एवं ठुला सिंचाइ आयोजनाहरूको अनुगमन तथा सुपरिवेक्षण, रेखदेख गर्ने, आवश्यक निर्देशन दिने, गुणस्तर नियन्त्रण गर्ने / गराउने ।
  • अन्तरजलाधार जल स्थानान्तरण, वहुउदेश्यिय एवं ठूला सिंचाइ आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदन, डिजाइन, नक्सा, लागत अनुमान सम्वन्धि कार्यहरु गर्ने
  • अन्तरजलाधार जल स्थानान्तरण, वहुउदेश्यीय एवं ठूला सिंचाइ आयोजनाहरूमा हुने परामर्शसेवा तथा निर्माण कार्यको खरीद, म्याद थप, भेरीएसन सम्बन्धि कार्यहरु गर्ने 
  • बिभाग र मातहतका निकायबाट हुने सार्वजनिक खरिदको लागि आवश्यक पर्ने स्टैण्डर्डस् डकुमेन्टहरु तयार गर्ने / गराउने  एवं खरीद तथा संझौता व्यवस्थापन कार्यमा आवश्यक सहयोग तथा समन्वय गर्ने ।
  • सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशनहरूको पालना, स्टैण्डर्डस् डकुमेन्ट प्रयोग गर्ने व्यबस्था गर्ने तथा अन्य समन्वय गर्ने ।
  • यस महाशाखा अन्तर्गतको सूचना तथा प्रगति विवरण तयार गर्ने ।
  • बिभाग अन्तर्गतको सम्पूर्ण मेशिनरी, सवारी साधनहरूको व्यवस्थापन गर्ने ।
  • महाशाखा अन्तर्गतका शाखाहरू बीच समन्वय गर्ने गराउने ।
संजीव वराल

संजीव वराल

उप-महानिर्देशक बहुउद्देश्यीय तथा सिंचाइ महाशाखा
राजेन्द्र प्रसाद शर्मा

राजेन्द्र प्रसाद शर्मा

सि.डि.इ. (शाखा प्रमुख) खरिद तथा सम्झौता व्यवस्थापन शाखा
बाबुराम खरेल

बाबुराम खरेल

सि.डि.इ. (मेका) (शाखा प्रमुख) यान्त्रिक व्यवस्थापन शाखा