ऐन, कानून, परामर्श शाखा

यस शाखाले गर्ने कामको प्रकार तपसिल बमोजिम रहेका छन् : 

तपसिल : 

  • जलस्रोत सम्वन्धी आवश्यक नीति, ऐन, नियमावली, निर्देशिका तर्जुमा गर्दा आवश्यक राय सुझाव दिने ।
  • विभाग अन्तर्गत सञ्चालित आयोजना/कार्यालयहरूलाई खरिद सम्वन्धमा आवश्यक कानुनी राय, सुझाव र सल्लाह दिने ।
  • विभाग अन्तर्गत सञ्चालित आयोजना÷कार्यालयहरू वाट हुने ठेक्कामा आउने विवाद, दावी, मध्यस्थता आदी कार्यहरुमा आवश्यक कानुनी राय, सुझाव र सल्लाह दिने  तथा काम कारवाही   गर्ने ।
  • विभिन्न प्रयोजनको लागि गठित समितिहरुको सदस्य भइ आवश्यक कार्य गर्ने ।
  • विभाग र अन्तर्गतका कार्यालयहरूबाट गरिने अन्तराष्ट्रिय सम्झौता, करार वा अन्य कागजातहरूको मस्यौदा तयार गर्न सम्बन्धित महाशाखा सँग समन्वय राखी मद्दत गर्ने ।
  • जलश्रोत तथा सिंचाइ सँग सम्बन्धित विभिन्न ऐन, नियमहरू लगायत अन्य डकुमेण्टहरूको अनुवाद गर्ने व्यवस्था  मिलाउने ।
रविन महर्जन

रविन महर्जन

कानून अधिकृत ऐन, कानून तथा परामर्श शाखा