प्रशासन शाखा

यस शाखाले गर्ने कामको प्रकार तपसिल बमोजिम रहेका छन् : 

तपसिल :

  • कर्मचारीहरूको आवश्यक पर्ने संख्या एकीन गरी दरबन्दी सिर्जना गर्ने, कटौती गर्ने र सालवसाली अभिलेख तयार गर्ने ।
  • कर्मचारीहरूको सरुवा, बढुवा, नियुक्ति, काज, सजाय, प्रोत्साहित पुरस्कार, तक्मा, अवकाश तथा हाजिरी, विदा र पदस्थापन आदि सम्बन्धमा आवश्यक व्यवस्था गर्ने ।
  • अधिकृत कर्मचारी र अन्य कर्मचारीहरू बीच समन्वय ल्याई नियन्त्रण र मूल्यांकनमा नीतिगत निर्णय लिई विकास निर्माणको काममा प्रगति गराउन प्रयत्नरत रहने ।
  • पुस्तकालयको रेखदेख, नियन्त्रण तथा व्यवस्थापनको व्यवस्था मिलाउने । पुस्तकालय व्यवस्थापन प्रणाली (Library Management System) को माध्यम द्वारा पुस्तकालयको संचालन गर्ने ।
  • कर्मचारीहरुका कार्य सम्पादन मूल्याङ्कन फारम निर्दिष्ट ढाँचामा समय भित्र संकलन तथा सम्बन्धित महाशाखा/शाखामा पेश गर्ने तथा यसको गोप्यता कायम गर्न आवश्यक पहल गर्ने ।
  • कार्यालयको प्रशासनिक कामको दैनिक विवरण तयार पारी निरीक्षणको आधारमा अधिकार पालन गर्ने, गराउने  तथा महत्वपूर्ण कागजातहरू सुरक्षित राख्ने व्यवस्था गर्ने । 
  • कर्मचारीहरुको अध्ययन, तालिम, वैदेशिक भ्रमण/अवलोकन आदीको रेकर्ड अध्यावकि राख्ने ।
  • विभागमा परेका उजुरी सम्वन्धमा तथा सरोकारवाल निकायहरु वाट छानविनको लागि अनुरोध भइ आएका उजुरीहरुको सम्वन्धमा प्रारम्भिक कार्वाही चलाउने । 
  • आयोजना कार्यान्वयन समूहमा पदाधिकार रहने कर्मचारीहरूको व्यवस्थापन गर्ने ।
  • विभाग र अन्तर्गत आयोजनामा कार्य गर्ने विदेशी कामदारहरुको लागि कार्य सहमति, श्रम इजाजत तथा गैह्र पर्यटकीय भिषाका लागि मन्त्रालयमा सिफरिस पठाउने ।
  • विभाग र अन्तर्गत निकायहरुको संगठन संरचना र दरवन्दी पुनरावलोकन गर्नु पर्ने भएमा मस्यौदा तयार गरी महानिर्देशक  समक्ष पेश गर्ने । 
  • अन्य निकायहरुबाट माग भएको विवरणहरु मन्त्रालय मार्फत पठाउने व्यवस्था मिलाउने ।
  • आवश्यकता अनुसार अन्य तोकिएका कार्यहरू गर्ने । 
सूर्य प्रसाद कोइराला

सूर्य प्रसाद कोइराला

शाखा अधिकृत प्रशासन शाखा
शारदा विष्ट

शारदा विष्ट

ना.सु. प्रशासन शाखा